गरिबको साहारा बन्दै भिम पौडेल (भिडियो सहित)

 इटहरी । सुनसरीको रामधुनीबाट संचालित फलैचा मिडिया प्रा.लि.ले इटहरीमा एक खाना लाउनै समस्या परेको परिवारलाई सहयोग जुटाएको छ ।रविन आचार्यको परिवारलाई विभिन्न सामाजिक संघ सस्था तथा व्यत्तित्ववाट प्राप्त सहयोग मंगलबार हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरसको महामारी सुरु भएसंगै भएको बन्दाबन्दी र महामारी नियन्त्रण नहुँदासम्म अझै पनि परेको असरले गर्दा यो परिवार भोकभोकै बस्नुपरेको स्थानीय छिमेकी रविना ढकालले बताईन् । उनकै आग्रह परिवारको स्थिति अवलोकन गरेको मिडियाले सहयोग रकम जुटाएको हो ।

उद्योग बाणीज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले आफ्नो जन्मदिनको अवशरमा उपलब्ध गराएको एक क्वीन्टल चामल, हाम्रो सुनिश्चित भविस्य नेपालले उपलब्ध गराएको नगद ४ हजारबाट खाध्यन्न तथा कापी कलम र सहयोगी उमेश पोख्रेलले उपलब्ध गराएको खाद्यन्नको सामाग्री फचैचा न्यूजका प्रमुख सम्वाददाता खेमराज सापकोटाले हस्तान्तरण गरे । उनले सहयोगी मनप्रति हार्दीक आभार प्रकट गरेका छन् ।

यसरी जुट्यो सहयोग
इटहरीमा एउटा बाल प्रतिभा छ भन्ने खबर प्राप्त हुनसाथ हाम्रो टिम वालक ‘गौरव आचार्य’को भिडियो बनाउन पुग्छ । अन्तरङग कुराकानी गर्दै गर्दा वालककी आमाले छोडेर गएको साथै वुवा कुलतमा फसेको कुरा निस्कन्छ । आमाले छोडेपछि भाडाको घरमा बुबा, हजुरआमा, दिदि र काका काकीको परिवासंगै बस्छन् ।

त्यो बेला विद्यालयमा पढ्नलाई समस्या र संगितमा रुचाएका गौरवलाई वाल गायक असोक दर्जी जस्तै बन्ने मन छ । तर घर परिवारको आर्थिक अवस्था कमजोर भएपछि कसैले बालकको लक्ष पुरा गर्ने भए असोक दर्जी जस्तै(विस्वाशिलो मनकारी कोही सहयोगी भए जिम्मा दिने) हजुरआमा बताउछिन् ।

गौरबको प्रतिभाको कुरा चल्दै थियो । त्यत्तिकैमा उनै छिमेकी (रविना ढकाल)को फोन आँउछ । त्यो घरमा खानैको समस्या भयो भयो वाल बच्चा मेरामा आएर गुनासो गर्न थाले मिडियाका तर्फबाट केही सहयोग गर्न सक्नुहुन्छ ? भनेर । हामीले सकेको गर्छौ भन्यौ र आवश्यक ठाँउमा पहल गर्दै गर्दा परिवारलाई केही हदसम्म राहत मिलेको छ । परिवारको लागी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले आफ्नो जन्मदिनको अवशरमा एक कुईन्टल चामल (१०० किलो ), हाम्रो सुनिश्चित भविष्य नेपाल काठमाडौबाट प्राप्त रकम ४ हजार बाट हामीले खाध्यन्न तथा कापी कलम र सहयोगी उमेश पोख्रेलले उपलब्ध गराएको खाद्यान्न लिएर बालकको परिवारलाई हस्तान्तरण गरेका छौ । सहयोगी मनहरुप्रति हामी विषेश धन्यवाद दिन चाहान्छौ । तपाईहरुको सहयोगले गर्दा आज आचार्य परिवारको भोको पेट भरिएको छ ।

घरभाडा तिर्या छैन
समस्या त धेरै छन् । परिवारले अहिलेसम्म घर भाडा तिरेको छैन । बुवा (रविन) परिवारका मुख्य सदस्य हुन् उनी काउन्टरमा काम गर्छन् तर पैसा भने बचाउँदैनन् नत घर परिवारको लागी नै खचै गर्छन् । बन्दाबन्दी पहिले त काकाले नै घर व्यवहार हेरीरहेका थिए । अवश्था नाजुक बन्दै गएपछि घरभाडा पनि नतिरेको नौं महिना पुगेको परिवारको भनाई छ । घरका अन्य सदस्यहरु केही बेतलवी विदामा छन् त बुवा काउन्टर खुले पनि कुलतमै छन् । पैसा बचाउदैनन् । ५० देखि १०० रुपैयाँ सम्म कहिले काँही दिन्छन् । घरमा छोराछोरी मासु नखाएको महीनौ पुगेको भन्दै गुनासो पोख्छन् । स्कुलको फी न तिर्दा पढ्न नपाउने बताउँछन् ।

कुलत छोड्ने प्रतिवद्धता
घरका मुख्य सदस्य वुवा हुन् । उनि जवान नै छन् । तर किन यस्तो समस्या भन्ने प्रश्न उठ्दै थियो तर कुलतमा फसेको मासिनको समस्या यस्तै हो भन्ने सबैले वुझेको कुरा हो । तर यस्तो हुँदा हुदै पनि सहयोग कै आसमा बस्ने त ? अर्को प्रश्न उठ्न जान्छ । मानिसलाई एक पटक सुध्रने मौका पनि मिलाउनु पर्छ । उनले आगामी दिनमा आफु कहीलै कुलतमा नलाग्ने बताउँछन् । अरुले सहयोग गरेको तर आफू भने आफैलाई सकाइरहेकोप्रती आत्माग्लानी गर्दै यसबाट पाठ सिकाएको र आगामी दिनमा यस्तो कार्य आफूवाट नहुने बताउँछन् । जे जति परिवारसंगै रमाउने बताउछन् ।

वालकलाई संगितमा रुचि
बालक गौरव आचार्यको निक्कै मिठाे श्वर छ । उनी भविश्यमा संगित क्षेत्रमै अघि बढ्न रुचाउँछन् । तर, आर्थीक अबस्था कम्जोर भएकै कारण सम्भव नहुने पो होकी भन्ने पनि छ । उनले कसैलाई सहयोग गरिदिन पनि आग्रह समेत गरेका छन् ।

By खेमराज सापकाेटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.