रामधुनी । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ ।
यो सँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६सय ७६ जना पुगेको छ । शुक्रबार देशभर १३ हजार ८ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको छ । शुक्रबार संक्रमित हुनेहरूमा महिला ७ सय ३२ जना पुरुष १ हजार ३ सय २७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेपछि मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने जनाएको । संक्रमक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा. गौतमले बताए ।
यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध समेत गरेको छ। कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको डा. गौतमले बताए ।
नेपाली हरुको महान् चाड दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशीर्वाद लिन दिन उनले आग्रह गरेका छन् ।