बदाम र दुध पोष्टिक खाद्य मानिन्छ । नेपालीहरुले अक्सर खाने यी खाद्यान्न स्वास्थ्यका दृष्टिले समेत फाइदाजनक छन् । पछिल्लो समय नेपालमा बदाम र दुध मिसाएर बनाइएको बदाम ड्रिंक्स पनि लोकप्रिय हुँदैछ ।
यस्तो ड्रिंक्सले यी दुवै पौष्टिक खाद्यको फाइदा एकैपटक दिलाउने गरेको छ । भारतबाट आउने यस्ता बदाम ड्रिंक्सहरुको भीडमा नेपालीको आफ्नै ड्रिंक्स समेत सामेल भएको छ । इटहरी १२ खनारमा रहेको रिलायबल फुड एण्ड बेभरेज प्रालिले उत्पादन गरेका रिलायबल चक्र र किमु ब्राण्डका बदाम ड्रिंक्स नेपालकै पहिलो बदाम ड्रिंक्सहरु हुन् ।
अरु पेय पदार्थको तुलनामा थोरै महँगो भएपनि बदाम ड्रिंक्समा पौष्टिक दुध र बदाम मिसिएकोले यसले शारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउन मद्धत गर्छ ।
हेरौं बदाम र दुधका फाइदाहरु के के छन्ः
बदाम खानुका फाइदा–
१ मोटोपना घटाउँछ
बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन।जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन। यसले गर्दा मोटोपन भएकाहरुको सजिलै तौल घट्न सक्छ।
२ रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ। क्यान्सरबाट बचाउँछ । बदाममा ९फाइटोस्टेरोल० नाम गरेको तत्व हुन्छ। यसले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ। एक अध्ययनअनुसार हप्ताका दुई पटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ।
३ फोलिक एसिड
बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ। यसले महिलामा प्रजनन् क्षमता बढाउँछ।यसका साथै गर्भमा रहेको शिशुको वृद्धिविकासमा पनि ठूलो भूमिका खेल्छ। विभिन्न अध्ययनले देखाएको छ कि गर्भवती हुनुअघि वा पछि नियमित बदाम खाएका आमाबाट जन्मिने शिशु स्वस्थ जन्मिन्छन्।यसका साथै जन्मिएका शिशुमा मुटुसम्बन्धी खतरा निकै कम हुन्छ।
४ छाला चम्किलो
बदामले औषधिको काम पनि गर्छ। यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ।नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ।
५ भिटामीन सी
बदाममा भिटामिन सी पाइन्छ। यसले घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ। साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ।
दुध खानुका फाइदा–
१ नियमित रुपमा दुध पिउनाले शरीरको छालामा चमक आउँछ ।
२ छाला चाउरी पर्ने, कडा हुने जस्ता समस्या समेत कम हुन्छन् ।
३ दुध भिटामिन, चिल्लो पदार्थ लगायतका पोषक तत्वका साथै क्याल्सियम लवणको पनि राम्रो श्रोत हो ।
४ दुधको नियमित सेवनले मानव सरीरका हड्डी तथा दाँत मजबुत हुन्छन् ।
५ नियमित कडा व्यायाम गर्नेहरुका लागि दिनको दुइ गिलास दुध पिउनु निकै लाभदायक हुन्छ ।