बारा । वडा विकास सुधार समिति वडा नं. १६ ले कलैया उपमहानगरपालिका वडा नं. १६ वडा कार्यालयमा तालाबन्दी गरेको छ । सो समितिले ११ सुत्रिय माग सहित सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र दिदै आएको थियो ।समितिले दुईपटक सम्म सम्बन्धित निकायमा वडा कार्यालयमा वडा अध्यक्षको नियमित उपस्थिति तथा वडाका सम्पूर्ण कामहरु नियमित रुपमा संचालन सहितका विभिन्न माग सहित ज्ञापन पत्र दिदै ध्यानाकर्षण गराएको थियो ।
सम्बन्धित पक्षबाट कुनै पनि वास्ता नगरेको तथा कार्यालयमा नियमित रुपमा उपस्थिति पनि नभएकोले वडाबासी मर्कामा पर्दा वडा कार्यालयमा तालाबन्दी गरेको समितिका अध्यक्ष अनिल कुशवाहाले जानकारी गराए ।
कार्यालय समयमा आफू उपस्थित नभई व्यक्तिगत कामकाजमा व्यस्त रहने वडाध्यक्षले सेवाग्रहीलाई मार्कामा परेको स्थानियहरुले गुनासो गरेका छन् । कार्यालयमा नबस्ने, जनताको सेवा, सिफारिश, विकास निर्माणका काममा आफूखुसी तानाशाही प्रवृत्तिबाट समिति बनाई आफ्ना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम गर्ने जस्ता कामले जन गुनासाहरू बढ्दै गएकोले तालाबन्दी गरेके स्थानिय तथा समितिका सदस्य लक्ष्मी कुशवाहाले जनाए ।कार्यक्रममा वाडाबासी विनोद कुमार यादव, कलामोदिन अंसारी, जितेन्द्र कुमार यादव, धनेश्वर कुमार राम, राजकिशोर कुशवाहा, ज्ञान प्रकाश ठाकुर, चन्दन राम, पवन कुमार कुशवाहा, प्रवेश कुमार कुशवाहा, बृजकिशोर ठाकुर, अजय कुमार राम, रविरन्जन कुमार राम, रविन्द्र कुमार राम, अरविन्द कुमार राम, जेनिश मेहरा, हरिओम कुशवाहा, बैजनाथ राम लगायतको सहभागीता रहेको थियो ।