गगन सहितका नेतामा कोरोना संक्रमण, कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापा सहीत अन्य केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएको छ । यही असोज १९ गतेदेखि बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

साथै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायतलाई पनि कोरोना संक्रमण देखिएको छ । कांग्रेसले केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्ड सहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो ।

केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द
केन्द्रीय सदस्यलाई कोरोनाभाइरस संक्रमण देखिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । आइतबारदेखि २२ असोजसम्म केन्द्रीय कार्यालय बन्द रहने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

नेताहरूमा संक्रमण देखिएपछि आइतबारका लागि निर्धारित पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ । सोमबारका लागि तय केन्द्रीय समिति बैठक भने बस्नेरनबस्ने टुंगो छैन । भर्चुअल माध्यमबाट बैठक गर्नेबारे पनि छलफल भइरहेको कांग्रेसले जनाएको छ ।

 

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here