रामधुनी । भोलीसम्म नै देशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरका थोरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसार अस्ति बिहिबार नेपालको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ ।
तर बंगालको खाडीमा रहेको न्यून चापिय क्षेत्र अझै सक्रिय हुने देखिएकाले बाँकी क्षेत्रबाट भने मनसुन बाहिरिन समय लाग्ने भएको उनले जानकारी दिए । पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ ।
सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भएपनि केही वर्ष यता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ । यो वर्ष पनि दुई दिन ढिला नेपाल प्रवेश गरेको थियो ।
बंगालको खाडीमा रहेको प्रणालीकै प्रभावले अहिले पनि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भएको मौसमविद् प्रधानाङगको भनाई छ ।
Самые лучшие сигналы на IPO в 2021 году только на канале https://t.me/investtimepro. Подписывайся и не пропусти свою лучшую сделку!
Заработок, благодаря рекламе в Pinterest https://youtu.be/vrlMJu5BaQI от 7000 до 100 000 usd в месяц в Etsy