डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दीप प्रज्वलन

रामधुनी । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दीप प्रज्वलन गरिएको छ ।
जीपी कोइराला अध्ययन केन्द्रका महासचिव निरन्जन थापाको संयोजनमा गरिएको कार्यक्रममा काँग्रेस नेता नविन्द्रराज जोशीले डा. केसीले नेपाली जनताको मागलाई लिएर सत्याग्रहमा बसेको भन्दै उनको माग सम्बोधनका निम्ति सरकारलाई दबाब दिन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । । डा. केसी दूरदराजमा अस्पताल खोल्नुपर्छ भनेर सत्याग्रहमा बसेको तर सरकार भने भ्युटावर बनाउनमा व्यस्त रहेको उनले आरोप लगाए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले सरकारलाई डा. केसीको माग सम्बोधन गराउनका निम्ति चौतर्फी घेराबन्दी गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा ,नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल, अध्यक्ष रामप्रसाद अधिकारी एनआरडिए टिचिङ अस्पतालका अध्यक्ष डा. सुवास देवकोटा नेविसंघ शिक्षण अस्पतालका सचिव सुमित बोहरासहित प्राध्यापक, डाक्टर, इञ्जिनियर युवा विद्यार्थीलगायतको सक्रिय उपस्थिति रहेको थियो ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.