बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार अन्य ठाउँको मौसम पनि आंशिक देखि सामान्य बद्ली हुनेछ । यस्तै हिजो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन नेपालबाट बाहिरिन भने अझै केही दिन लाग्ने भएको छ ।
मौसमविद् शाक्यका अनुसार नेपालका केहीठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न केही समय लाग्ने भएको छ ।