तरहरा बाट इटहरीतर्फ जादैँ गरेको मोटरसाईकलले धरान इटहरी सडक खण्डमा पर्ने हलगडामा कार्यरत एक प्रहरी जवानलाई ठक्कर दिएको छ ।
प्रदेश १–०२–०४१ प ४३८ नं. को मोटरसाईकलले हलगडामा रहेको अस्थायी प्रहरी पोष्ट अगाडि रहेका प्रहरी जवान राजकुमार यादवलाई ठक्कर दिएको हो ।
मोटरसाईकलको ठक्करबाट घाईते यादवलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ भने चालक र सवारी साधन ईलाका प्रहरी कार्यालय इटहरीमा राखिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।