काठमाण्डौ – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
उहाँको निवासको भान्सामा काम गर्ने एक सदस्यमा कोरोनाको सङ्क्रमण देखिएपछि थापा गत आइतबार देखि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर होम क्वरेण्टीनमा बस्नुभएको थियो ।
उहाँको बुधबार पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको सैनिक मुख्यालयले जनाएको छ ।