नेपाली युवालाई मलेसियामा बन्धक बनाइ रकम असुली गरेको आरोपमा एक जना पक्राउ

काठमाडाैं । नेपाली युवालाई मलेसियामा बन्धक बनाइ रकम असुली गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरपुर घर भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ रहेका छन् ।

उनले आफ्नी श्रीमती र चालकको मिलेमतोमा मलेसियामा नै काम गर्ने दाङको पहरुवा बस्ने मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाइ उनकी श्रीमतीसँग पटक–पटक गरी नेपालबाट झण्डै १६लाख रकम फिरौती बुझेको आरोप छ । डेभिडलाई नेपाल आएको समयमा काठमाडौँको कान्ति बाल अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.