इटहरी । कोरोना संक्रमणबाट इटहरीका एक पुरुषको मृत्यु भएको छ ।इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज मृत्यु भएको हो ।
उनलाई बुधबार (आज) नै अस्पतालमा भर्ना गरिएको थियो । उपचार थालिएको २ घण्टा भित्रै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर कोभिड अस्पताल पुर्याइएको थियो ।