विराटनगर । इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
ब्यक्ती हत्या जस्तो जघन्य अपराध गरी लुकीछिपि बसेको अभियुक्तलाई खोजतलास गरी हतियार सहित पक्राउ गरेर कानूनी दायरामा ल्याउन सफल भई नागरिकलाई सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने प्रशंसनिय कार्य गरेको भन्दै इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्कीलाई २०७७ साल भाद्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।