रामधुनी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोनाभाइरस संक्रमितको पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज–४ निवासी ३९ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
गोल्डन हस्पिटल विराटनगरमा उपचाररत उनमा ज्वारो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि कोभिड–१९ को संक्रमणको शंका गरी प्रतिष्ठानमा रिफर गरिएको थियो ।डा. सापकोटाको अनुसार गत असोज ९ गते उनलाई संक्रमण पुष्टि भइ १० गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई भेन्टिलेटरमा राखि उपचारको क्रममा बुधबार बिहान निधन भएको सापकोटाले बताए । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको दीर्घकालिन समस्यासमेत रहेको थियो ।