इटहरी । होटल व्यवसायी संघ इटहरीले प्रहरी र व्यवसायी बीचको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पछिल्लो समय होटल व्यवसायमा कस्ता समस्या छन् र प्रहरी तथा नागरिक समाजको भुमीकाका बिषयमा कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रममा सहभागी भएका ब्यवसायीहरुले इटहरीमा अहिले घरवहाल, पैसा नभएको चेक कारोवार, छाप्रा होटलको विगविगी, ग्राहकको आइडी कार्डमा समस्या लगाएतका समस्या राखेका छन् ।
व्यवसायीहरुले इटहरीमा एक घण्टाका लागि रुम माग्न आउने गरेको बताएका थिए । तालतलैया पर्यटकीय हिसाबमा अब्बल रहेकाले यहाँ मानिसहरुको भीँडभाड बढी हुने भएकाले भर्खरका युवायुवती आउने गरेको र एक घण्टाका लागि रुम माग्ने गरेको बताए ।
सबै कुराको प्रतिक्रिया दिदैँ ईलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक अजुर्न केसीले सबैले आफ्नो पेशाको मर्यादामा रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन् । पेशा व्ययसाय गर्न प्रचलित कानून बमोजिम पाउने भएपनि अपराधिक क्रियाकलाप गर्न नपाउने बताए ।
केसीले होटल व्यवसायीहरुले थाहा नपाएर घटना भएको नभई थाहा पाएर पनि आँखा चिम्लिएका कारण अपराधिक क्रियाकलाप हुने गरेको बताए । कानूनले नगर् भनेका कुरा होटल सञ्चालकहरुले गरेको पाईएमा आँफूहरुले नछाड्ने बताउँदै उनले यौन गतिविधिमा लाग्ने मानिसहरु सक्रिय रहेकाले इटहरीका होटलहरुमा कडाई गरिने चेतावनी दिए ।
कार्यक्रममा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले उवासंघ व्यवसायीको हकहितमै रहेको भएपनि यहाँका होटलमा पटक–पटक हुने यौनजन्य गतिविधिले गलत छाप रहेको तर्क गरे । उनले होटल सञ्चालकहरु आफ्नै कारणले विवादमा फस्ने गरेको बताउँदै अनैतिक काम नगर्न अपिल गरे ।
होटल व्यवसायी संघका अध्यक्ष जीवन पराजुलीले होटल व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा मर्यादित भएर नियम कानूनको पालना गरी लजमा बस्नु पर्दा अनिवार्य परिचय पत्र साथमा लिएर मात्र प्रवेश गराउनु पर्ने बताएका छन् । उनले ब्यवसायीका हकहीतमा संघ साथ दिन तयार रहेको पनि बताए ।
Как и обещал, запускаю конкурс на 10 призов по 0,001 BTC среди подписчиков! Подписывайся на канал https://t.me/neweconomytime – узнай условия и удачи!