इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट अबैध लागुऔषधसहीत एक जना पक्राउ परेका छन् ।
वडा नं ६ स्थित हङकङ मार्केटको भित्र उत्तरपट्टी रहेको खाली एरियाबाट लागुऔषधसहीत सुनसरीको हरिनगरा गा.पा.६ वस्ने २५ बर्षका जिवराईल अन्सारी पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
अबैध लागुऔषधको ओसार पसार तथा खरिद विक्री हुदै छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले अन्सारीलाई पक्राउ गरिएको कार्यालयका सुचना अधिकृत मानप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले बोकेको झोलामा नाइट्रोसन–१० लेखिएको अबैध लागुऔषध १६ सय ट्याब्लेट बरामद भएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीवाट लागु औषध मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान कार्य भइरहेको श्रेष्ठले जानकारी दिए ।