उर्लाबारीमा कुटपिटबाट शुसिलले ज्यान गुमाए, कुटपिट गर्ने पक्राउ

सुन्दरहरैंचा । संखुवासभा घर भई हाल उर्लाबारी ७ मा बस्तै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको छ । मल्लिकलाई उर्लाबारी ७ मै होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गत आईताबार मल्लिक होटलमा खाजा खान गएको अवस्थामा गोपाल र उनि विच बादविबाद हुदा गोपालले एक्कासी उनलाइ कुटपिट गरी होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुईमा लडी वेहोस भएका थिए ।

वेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडीमा लगी उपचार गराईरहेकोमा उपचारकै क्रममा उनको आज विहान मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

यता कुटपिट गर्ने होटल संचालक गोपाल तामाङ लाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.