महाशाखाकाेआजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

यस्तै, राती प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.