उदयपुर । उदयपुरको रौतामाई २ बस्ने ५५ बर्षीया मैया लुङ्गेली मगरको खोलाले बगाएर ज्यान गएको छ ।
माईती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई बगाएको थियो ।
झण्डै दुई सय मिटर सम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको भनि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।