रामधुनी । गत सोमबारदेखि परिरहेको निरन्तरको झरी कम हुँदै गएको छ । तर, एक÷दुई दिन अझै पानी पर्ने सम्भावना भने रहेको मौसम पूर्वानुमान माहासाखाले जनाएको छ । पार्नी पर्दा लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।
माहासाखाका अनुसार यो बर्ष औषत भन्दा बढी बर्षा भएको छ । बर्षाका कारण हुन सक्ने क्षतितर्फ विभागले सचेत गराउदै सुरक्षीत रहन पनि आग्रह गरेको छ ।
यस्तो छ आगामि तीन दिनको मौसम
असोज १० गते (शनिबार)
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का थोरै र प्रदेश नं २ तथा गण्डकी प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
असोज ११ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक/ दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज १२ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । प्रदेश नं १ का एक/ दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।