file

इटहरी । पूर्वदेखि पश्चिमसम्म गत सोमबारदेखि निरन्तर पानी परिरहेकोले बाढी पहिरोको उच्च जोखिम वढेको छ । बाढी र पहिरोका कारण २४ घण्टामा देशभर १३ जनाले ज्यान गुमाएका छन् ।

एक÷दुई दिन अझै पानी पर्ने सम्भावना रहेकोले बाढी पहिरोको तथा ढुवानको जोखिम कायमै रहेको बाढी पूर्वामान माहासाखाले जनाएको छ । अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान माहासाखाको भनाई छ ।

सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ । माहासाखाका अनुसार यो बर्ष औषत भन्दा बढी बर्षा भएको छ ।

बर्षाका कारण हुन सक्ने क्षतितर्फ विभागले सचेत गराउदै सुरक्षीत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here