तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाँउपालिका स्थित श्री गौखुरी माध्यमिक विधालयले आफ्ना विधार्थीहरुको खोजी गरी टोल- टोलमा कक्षा संचालन ल्याएको छ ।
कोरोना भाइरसका कारण गत चैत्रदेखि बन्द भएका विधालय असोजदेखि टोल टोलमा विधार्थी जम्मा गरी पठनपाठन शुरू गरेको श्री गौखुरी माध्यमिक विधालयका शिक्षक सतिस भट्टराई जानकारी दिए ।
विधालयले गाँउपालिकाको ९ वटा स्थानमा अध्ययन केन्द्र बनाइ सामाजिक दुरी कायम गरी कक्षा संचालन गरिएको उनले बताए । उनका अनुसार टोलका ९ स्थानमा शिक्षकहरूले पालैपालो कक्षा संचालन गरीरहेको जाकारी दिए । भर्खर मात्र कक्षा शुरू भएका कारण विधार्थी कम मात्रामा उपस्थित रहेको जनाए । प्राइभेट विधालयले पहिलादेखि नै भर्चुअल कक्षा संचालन गरेता पनि सरकारी विधालयमा सम्भव नभएका कारण टोल टोलमा पठनपाठन शुरू गरेको उनले बताए।
विधालयमा कक्षाकोठामा पढाएको जस्तो सहज वातावरण नभएता पनि विधार्थीलाई केहीहद सम्म भए पनि सहजिकरण हुने कुरा उनको भनाई रहेको छ । केही समय अगाडिमात्र प्रदेश नं १ को पहलमा प्यानलबोर्डबाट कक्षा संचालन गरिरहेको विधालयले अब छिट्टै टोलमा पनि विधुतीय बोर्ड मार्फत कक्षा संचालन गर्ने वातावरण बनाईरहेको उनले जानकारी दिए । अहिले सामान्य तरीकाबाटनै कक्षा शुरू गरिएता पनि विस्तारै व्यवस्थित तरीकाले कक्षा संचालनको वातावरण बनाउने तर्फ लागीरहेका बताए ।