विराटनगर । लामोसमय देखि कोरोनाका कारण बन्द रहेको विराटनगर काठमाडौं हवाई सेवा सुरु भएको छ ।
कोरोना महामारीका कारण ६ महिनायता बन्द भएको आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको हो ।
उडन सुरु भएसँगै विराटनगरबाट काठमाडौंका लागि पाँचवटा उडान हुने भएको छ ।
सोमबार विराटनगरबाट काठमाडौंका लागि बुद्ध एयरले तीन र यती एयरले दुई वटा उडान गर्ने विराटनगर विमानस्थलका प्रमुख उत्सव पोखरेलले जानकारी दिए ।
छ महिनापछि उडान खुलेको पहिलो दिन सोमबारका लागि अधिकांश टिकट बुक भइसकेको एयरलायन्सले जनाएको छ। आन्तरिक उडानका लागि विराटनगर बिमानस्थलले सुरक्षा सतर्कता समेत अपनाएको बताइएको छ ।