रामधुनी । मोरङ कटहरी–७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार दिउसो पौने ३ बजे आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिधुत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको भनि आफन्तले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।