रामधुनी । इटहरी ४ मा वडास्तरीय स्वास्थ्य भवनको शिलान्यास भएको छ ।
आइतबार इटहरी नगर प्रमुख द्वारिकलाल चौधरी र उप प्रमुख लक्ष्मी गौतमले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।
२८ लाख ६८ हजार रुपैयाको लागतमा भवन निर्माणको लागि डिआरए कन्स्ट्रक्सनले जिम्मा लिएको वडासचिव प्रोक्षण पोख्रेलले जानकारी दिए ।
भवनबाट वडाको लागि आधारभुत स्वास्थ्य सेवा उपलब्ध हुने सभापति एवं वडा नं। ४ का वडाध्यक्ष चन्द्र भट्टराईले बताए । भट्टराईले वडास्तरमा स्वास्थ्य सेवाको विस्तारबाट सर्वसाधारणहरुलाई लाभ मिल्ने बताए ।
एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि सो अघि नै निर्माण सक्ने निर्माण कम्पनिले प्रतिबद्धता जनाएको छ । जनप्रतिनिधि आएपछि स्थापना भएको यस्तो स्वास्थ्य ईकाइ पहिलो हो ।
शिलान्यासपछि बोल्दै मेयर चौधरी र उपमेयर गौतमले इटहरी उपमहानगरपालिका स्वास्थ्य सेवामा नगरवासीको पहुँचका लागि क्रियाशील रहेको बताएका थिए ।