सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित कल्भर्टको पानीमा डुबेको अवस्था एक पुरुषको शव भेटिएको छ ।
शनिबारदेखि परिवारको सम्पर्कमा नरहेका का ५८ वर्षीय मनकुमार तामाङलाई स्थानीयले आइतबार बिहान डुबेर मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
तामाङ प्राय मादक पदार्थ सेवन गरेर हिँड्ने गरेको स्थानीयले प्रहरीलाई बताएका छन् ।
मापसे गरेर लडेका कारण उठ्न नसक्दा कल्भर्टको पानीमा डुबेर उनको मृत्यु भएको हुुन सक्ने प्रहरीको अनुमान छ ।
शव पोस्टमार्टमका लागि धरान स्थित विपि काईराला विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।