झापा । झापाको गौरदह–९ बैगुनधुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा गौरदह –३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन ।
प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई शनिबार राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा १ सय ५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।
पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।