नौ वर्षीय बालकको हत्या

काठमाडौं । अछामको साँफेबगर नगरपालिका ९ बुढाकोटमा एक बालकको हत्या भएको छ ।

वडा नम्बर ९ बुढाकोट बस्ने सेतु बिकका ९ वर्षीय छोरा हिमाल बिकको हत्या भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा वडा नम्बर ९ कै ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरी निरिक्षक भट्टले जानकारी दिए ।पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय मंगलसैनमा पुर्याइएको छ ।

यस्तै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन लगिएको प्रहरीले जनाएको छ । भट्टका अनुसार बालकको मुख र टाउकोमा चोट लागेको छ ।

मृतक बालकका बुवाको ८ वर्ष अघि निधन भएको थियो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.