रामधुनी । इनटरनेटको शेवा प्रदायक कम्पनी भायनेटले आफ्नो २९ औँ साखा सुनसरीको इनरुवामा स्थापना गरेको छ ।
मंगलबार एक कार्यक्रमका विच साखाको स्थापना भएको हो । पूर्वका विभिन्न ठाँउमा साखा स्थापना गर्ने क्रममा भायनेटले इनरुवामा तेश्रो साखाको स्थापना गरेको हो । आगामी तीन महिना भित्रमा धरान, विर्तामोड, दमकमा समेत साखा स्थापनाको तयारी रहेको भायनेट इटहरी साखाका एक प्रविधिक कर्मचारी सन्तोष खड्काले जानकारी दिए ।
यस अघि विराटनगर र इटहरीमा भायनेटले आफ्नो साखा स्थापना गरेको थियो । इटहरीमा भएको साखामा एक बर्षमै १७ सय भन्दा बढी ग्राहाक जोडिएका छन् । भायनेटले ग्राहाकको भावना अनुसार नै शेवा दिइरहेको उनले बताए ।
इनरुवामा भएको सो कार्यक्रमको प्रमुख अतिथि उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र शाह रहेका थिए भने, बिशेश अतिथिमा इनरुवा नगरपालिका वडा नं १ वडा अध्यक्ष, साथै भायनेट इटहरी साखाका प्रमुख सरोजकुमार दाहाल लगाएत विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इनरुवा साखाका प्रमुख राजन कोइरालाले सभापतित्वको भुमिका निर्वाह गरेका थिए ।