उदयपुर । उदयपुरको चौदण्डीगडी नगरपालिका-५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर संचालन गर्ने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट अचानक करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।