संखुवासभा । चैनपुर नगरपालिका स्थित समाज स्पर्श समिति चैनपुर, र मानवअधिकार मञ्च नेपालइलामको संयुक्त आयोजनामा अनलाईन वतृत्वकलाकला प्रतियोगिता सम्पन्न भएको छ ।
संखुवासभा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा बालबालिकाले अनलाइन भिडियो कन्फेसको माध्यमबाट कोरोना भाइरस (कोभिड १९) ले वालवालिकामा पारेको असर र सरोकारको भूमिका विषयक वतृत्वकला प्रतियोगितामा सहभागी भएको थियो । शारदा मा.वि.पोखरी, सरस्वतीमा.वि. चैनपुर, सरस्वती मावि हिटिटोल, रामेश्वर माविमाम्लिङ, मनकामना मावि तुम्लिङ्गटार, हिमालय मावि खाँदवारी लगायतका २० जना संखुवासभा जिल्ला भरिका विद्यार्थीहरुले सहभागी रहेको थियो ।
अनलाईन जुमएप मार्फत सहभागी बालबालिकाहरुमध्ये धुपुका प्रेरणा भट्टराई प्रथम, तुम्लिङटारका वेनिका घिमिरे द्वितीय र हिमालय मा.वि. खाँदबारीका वीरेन्द्र कार्कीले तृतीय स्थान हासिल गरेको कार्यक्रम सञ्चालक खगेन्द्र डाँगीले वताए। सफल प्रतियोगिहरुलाई क्रमश नगद रु. १ हजार ५सय, १ हजार र ५ सय पुरस्कार दिइने समेत वालप्रायोजन अधिकृत एवकार्यक्रम सञ्चालक खगेन्द्र डाँगीले वताए।
अनलाईन वतृत्वकला प्रतियोगितामा कार्यक्रमका सभापति एवं समाज स्पर्श समिति संखुवासभाका अध्यक्ष्य लवकुमार श्रेष्ठले कोभिड–१९ को असरले विद्यालय लामो समय खुल्न नसकिरहेको अवस्थामा वालवालिकामा परेको प्रभावको वारेमा प्रस्फुटन गर्ने एउटा मौका रहेको वताए। यसैगरी मानवअधिकार मञ्च नेपाल इलामका शिखरनाथ सापकोटा लगायतले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै जिल्लामा टप १ जनाले भाद्र २९ गते प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन पाउने जानकारी दिए ।