No Result
View All Result
Sunday, June 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कित्ताकाट खोल्ने निर्णयको घरजग्गा व्यवसायीद्वारा स्वागत

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २४, २०७७
in मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

विराटनगर । मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ताकाट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४ वर्ष अगाडिकै अवस्थामा जग्गाको कारोबार खुलाउने गरी मातहतका कार्यालयलाई पत्राचार गरेकी थिइन् ।उक्त पत्रको विषयमा घर जग्गा व्यवसायी संघ मोरङले एक विज्ञप्ति प्रकाशित गरी यथाशिघ्र निर्णय कार्यान्वयनको माग गरेको छ ।

‘विगत ३७ महिनादेखि जग्गाको कित्ताकाट (खण्डिकरण) रोकिँदा घरजग्गा व्यवसायको क्षेत्रमा भएको खरबौं लगानी जोखिममा थियो भने, लाखौं किसानहरुको दिनदैनिकमा समस्या थपिएको थियो,’ घर जग्गा व्यवसायी संघका अध्यक्ष घनश्याम पोखरेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘मन्त्रालयको तर्फबाट मन्त्रीज्यूले पठाउनु भएको पत्रको हामी स्वागत गर्दछौं ।’

विज्ञप्तिमा सरकारको निर्णय अनुसार काम अगाडि बढाउनुको सट्टा मालपोत कार्यालहरुले सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेको गुनासो पनि गरिएको छ । पत्रमा उल्लेख भएअनुसार जग्गाको खण्डिकरण सम्बन्धी पूर्व निर्णयहरु बदर गरिएको स्पष्ट रहेको संघले दाबी गरेको छ ।

‘भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्सा डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोका आधारमा हुने गरी र हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभागमार्फत मातहत कार्यलहरुमा निर्देशन दिने भनि गरेको पत्राचारले अहिले जग्गाको कित्ताकाट गर्न गराउन कुनै बाधा नरहेको स्पष्ट छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यति हुँदाहुँदै पनि सरकारी निकायहरुले सरकारको निर्णय कार्यान्वयन गर्नुको साटो उल्झन् खडा गरी आनाकानी गर्ने कार्य गरेकोले तुरुन्त रोक्न हामी जोडदार माग गर्दछांै ।’

व्यवसायी संघले सरकारको निर्णय कार्यान्वयनमा अवरोध खडा गरिए घरजग्गा व्यवसायीहरु चरणबद्ध आन्दोलनमा अघि बढ्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

Tags: कित्ताकाटघरजग्गा व्यवसायीपद्मा अर्याल
ShareTweetPin
Previous Post

खोलाले बगाउदा १ को मृत्यु

Next Post

मुर्ती चोरी गर्ने पक्राउ

Next Post

मुर्ती चोरी गर्ने पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.