रामधुनी । पछिल्लो २४ घण्टामा एक हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । यने संगै देशभरको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
२४ घण्टामा थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या हजार ३३ हजार पुगेको छ ।
थप ६ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ६ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।