सुन्दरहरैंचा। मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले यसपालीको आफ्नो ४४ औं जन्मोत्सव फरक ढंगले मनाएका छन् ।
आफ्नो जन्मदिनमा विभिन्न स्थानमा वृक्षारोपण तथा नगरबासीलाई खाद्यान्न र लताकपडा वितरण गरे । ढकालले सुन्दरहरैंचा–५ स्थित वृन्दावन गौशालामा उनले ४४ जनालाई खाधान्न वितरण गर्नुका साथै ४४ वटा विभिन्न जातका बिरुवा समेत रोपेका छन् ।
जन्मोत्सवको अवसरमा सुन्दरहरैंचा स्थित वडा नं ९ मा रहेको सिराजुल उलुङ मावीमा गएर अति विपन्न मुस्लिम समुदायका ७० वर्ष भन्दा माथिका बृद्ध वृद्वा नागरिकलाई लता कपडा, खाद्यान्न वितरण पनि गरेका छन् ।
आफ्नो स्वर्गीय ममतामयी माताको सम्झनामा आफ्नो जन्मोत्सवको अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको ढकालले बताएका छन् ।