रामधुनी । सरकारले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई तीन दिनभित्र आफ्नो कार्यस्थलमा पुगिसक्न निर्देशन दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतहरु आफूखुसी बिदामा बसिरहेकाले दैनिक कामकाजको साथै कोरोना महामारी नियन्त्रण र रोकथाममा पनि असर पुगेकाले तीन दिनभित्र कार्यालयमा हाजिर हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो ।
यसैविच विगत दुई महिनादेखि सप्तरीको छिन्नमस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुदा दैनिक अति आवश्यक कामकाज प्रभावित भएको छ ।
गत असार ३१ गतेदेखि सप्तरीको छिन्नमस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा कार्यालयमा उपस्थित नहुदा हजारौं सेवाग्राहीहरुको कामकाज प्रभावित भएको जनगुनासो स्थानीय सेवाग्राहीहरुको रहेको छ ।