रामधुनी । इनरुवाको वडा नम्बर ५ क्षेत्र सिल गरिएको छ । एउटै वडामा ६१ जना संक्रमित भेटिए पछि सुनसरी प्रशासनले अर्को निर्णय नभए सम्मको लागि सो क्षेत्र सिल गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कोरोना फैलन नदिन तत्कालकालागि उक्त क्षेत्र सिल गरिएको बताए । सिल गरिएसँगै दुहवी इनरुवा सडक खण्डको बलाहा क्षेत्रमा आवतजावत ठप्प पारिएको छ ।
उता नगरपालिकाको कार्यालयले एक साताको लागि इनरुवा ५ को सम्पूर्ण क्षेत्रमा पूर्ण लकडाउन गरिएको सूचना प्रकाशित गर्दै सर्वसाधारणलाई अत्यावश्यक अवस्थामा बाहेक हिंडडुल नगर्न भनेको छ ।