रामधुनी । प्रदेश १ मा आज अहिलेसम्मकै सबैभन्दा धेरै १५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा थप ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २० महिला र ३१ पुरुष छन् ।
मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला र २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएकोे छ । सुनसरीको इनरुवामा २४ महिला र १८ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।
यसैगरी झापाको कन्काईमा ७ महिला र ६ पुरुष, विर्तामोड र बा¥हदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा थप २ जनाको ज्यान गएको छ । मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या यो प्रदेशमा ४३ पुगेको छ । प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्ममा १ लाख ३ सय ४८ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । आज मात्र १ हजार ८ सय ६० जनाको कोरोना परीक्षण भएको छ ।