छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण अमेरिकी देश ब्राजिलमा भन्दा पनि धेरै भएको छ । अर्थात संक्रमितको संख्यामा भारत अब विश्वमै दोस्रो स्थानमा छ ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकापछि भारतमा संक्रमितको संख्या धेरै पुगेको हो । भारतमा कुल संक्रमितको संख्या ४२ लाख चार हजार भन्दा बढी पुगेको छ ।
ब्राजिलमा संक्रमितको संख्या ४१ लाख ३७ हजार भन्दा धेरै रहेको छ । पछिल्लो दिनहरुमा भारतमा संक्रमितको संख्या दैनिक ९० हजारको हाराहारीमा थपिरहेका छन् । भारतमा हालसम्म कोभिड–१९ बाट ७१ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ ।