डेढ महिनादेखि स्थगित नेकपाको स्थायी कमिटीको बैठक शुक्रबार बस्ने

काठमाडौं । झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आउँदो शुक्रबार बस्ने भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल सहितको छलफलले २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्रीले विधि र पद्धति मिचेर सरकार चलाएको, पार्टीका निर्णय नमानेको, सरकारको बदनाम हुनेगरी नियुक्ति र निर्णय गरेको लगायतका आरोप लागेपछि गएको साउन १३ गतेयता बैठक बस्न सकेको छैन ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.