रामधुनी । इटहरी– ५ का वडाध्यक्ष कल्याण कार्कीलाई कोरोना पुष्टि भएको छ ।
आइतबार गत भदौ १८ गते परिक्षण गरिएको रिपोर्ट पोजेटिभ आएसँगै कार्कीलाई कोरोना पुष्टि भएको इटहरी अस्पतालको इमरजेन्सी विभाग प्रमुख रामकुमार धमलाले जानकारी दिए ।
सामान्य ज्वरो आएपछि वडाअध्यक्ष कार्कीले भदौ १८ गते कोरोना परिक्षण गराएका थिए । हाल वडाअध्यक्ष कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेशनमा रहेको धमलाले जानकारी दिए ।
अध्यक्ष कार्कीका घर परिवार सबैको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको धमलाले बताए ।