रामधुनी । पछिल्लो २४ घण्टामा देशभर ९ सय ८० जना कोरोना थपिएका छन्।
यो सँगै नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ जना रहेको छ।
त्यस्तै, आइतबार निको भएर घर फर्कनेहरूको संख्या १८ सय १४ जना रहेको छ भने हालसम्म निको हुनेहरूको संख्या २८ हजार १ सय ४८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।