काठमाडौं । परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन् ।
मन्त्री ढकालको परिवारका एकजना सदस्यलाई कोरोना पुष्टि भएपछि ढकाल क्वारेन्टाइनमा बसेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दिए ।
’परिवारका सदस्यलाई कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टाइनमा बस्नु भएको छ’, गौतमल भने । गौतमका अनुसार आइतवार आएको रिपोर्टमा मन्त्री ढकालको परिवारका सदस्यलाई कोरोना पुष्टि भएको हो ।