‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नाराका साथ मुलुक जुन प्रकारले संघिय प्रणालीमा गयो, सँगै नागरिकले केही हदसम्म विकाशको अनुभूति पाए । ‘गाउँ गाउँमा सिंहदरबार’ आम नागरिकले बुझ्ने भाषामा भन्नुपर्दा नागरिकका दुःख सुखमा नागरिकबाटै निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारले सहयोग गर्ने नै हो ।
नागरिकले सरकारबाट धेरै आकांक्षा नराखे पनि आफ्ना आधारभूत आवस्यकता पुरा गर्न सहजताका लागि अपेक्षा गर्दछन् । जहाँ अप्ठ्यारो तथा अन्यायमा पर्दछन् अनि, आफ्नो भोटबाट विश्वासका साथ पठाएका प्रतिनिधिको आवस्यकता महसुस गर्दछन् । यस्तो बेला त्यस्ता प्रतिनिधिले नागरिकका समस्या बुझ्नु आफ्नो दायित्व हो र सरकार भएको अनुभूति दिलाउनु प्रतिनिधिको जिम्मेवारी हो ।
२०७४ सालमा यी नै अपेक्षा, चाहाना र जिम्मेवारीका साथ स्थानीय सरकार गाउँ गाउँमा आयो । यस्तै नागरिकका सुख दुःख तथा जिम्मेवारी वहन गर्न नागरिकका विश्वासपात्रका रूपमा सुनसरीको इटहरी उपमहानगरमा पनि एक सय २ जना जनप्रतिनिधि निर्वाचित भएर आए । इटहरीलाई हाँक्नका लागि ! आफूले गरेका बाचा तथा आवस्यकताहरुमा कार्यसम्पादन गर्दै गर्दा यो स्थानीय तहमा पनि विश्वलाई नै हायलकायल बनाएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव पर्न पुग्यो ।
नागरिकका पीडामा प्रतिनिधिको अनुभव
२०७६ माघ ९ गते पहिलो पटक कोरोना सङ्क्रमण देखिएको नेपालमा २०७७ जेठ ६ गते यो स्थानीय तहमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भयो । लामो लकडाउनका कारण जनजीवन प्रभावित भइरहेका बेला क्षमताले भ्याएसम्म नियन्त्रणको प्रयासमा रहेका प्रतिनिधिलाई विल्कुलै नौलो कुराको सामना गर्नुप¥यो । त्यसमा पहिलो संक्रमण देखिएपछि त्रास फैलिएको नगरमा ५ दिन सिल गरेर सुरक्षा थप मजवुद बनाउन सरकार लागि प¥यो, इटहरीमा मात्रै नभएर मुलुकमा नै नयाँ महामारीसँग सामना गर्न तयार रहनुप¥यो ।
इटहरी ६ का वडा अध्यक्ष दीपक गौतम महामारीले जगतभरि नै पु¥याएको सामाजिक, मनोवैज्ञानिक तथा आर्थिक असरले इटहरीमा पनि प्रत्यक्ष प्रभाव पारेको बताउँछन् । ‘जनताको साथमा रहेको अनुभव प्रशस्त पाइँदो रहेछ । जुन हिसाबमा हामीले नागरिकसँग भोट माग्न गएका थियौँ । त्यसको सदुपयोगै भनौँ, नागरिकसँगै रहने एउटा जिम्मेवारी पाइयो । हामीले इटहरीका जो कोहीको पनि स्वास्थ्य अवस्थाको बारेमा सूचना र सम्पर्क भएसम्म जानिरहेका हुन्छौँ । उनीहरूको अवस्थाका बारेमा स्वास्थ्यकर्मीसम्म पुर्याउछौं । त्यसैले हामी नागरिकसँग अभ्यस्तै छौँ ।’
उपमहानगरमा यस्तो विषम परिस्थितको सामना गर्न सबैको साथ रहेको देखिन्छ । एक त जुनसुकै बेला पनि मिलेरै अनि एक अकामा नागरिकका समस्या समाधान खोज्ने यहाँको राजनीतिक समीकरण नै भिन्न छ । जहाँ अन्य केही स्थानीय तहका जस्तो राजनैतिक बैमनस्यता छैन । अर्कोतर्फ महामारीका बेला यहाँका राजनीतिक दल एक आपसमा संगठित भएर नियन्त्रणका लागि एकजुट भएको गौतम बताउँदछन् ।
व्यापार व्यवसाय नखुल्दा दिक्दारीपन
व्यवसाय कुनै पनि कार्यमा व्यस्त हुनु हो । जुन नाफा कमाउने उद्देश्यमा केन्द्रित हुन्छ । यसरी व्यस्त स्लोगनको यस क्षेत्र लकडाउनका कारण बन्द भएपछि आफूमा दिक्दारीपन भएको इटहरीकी व्यवसायी रञ्जु सिग्देल बताउँछिन् । घरमा बालबच्चाका लागि समय चैँ उपलब्ध भयो तर दैनिकी भने सोचेजस्तो नभएको उनको तर्क छ । ‘बालबच्चालाई दिनुपर्ने समय घरमा दिने समय चैँ यो बेला पर्याप्त नै भयो तर, व्यस्तता हुन पाइएन । लकडाउन खुले पनि सुरक्षाका धेरै मापदण्डका कारण धेरै व्यस्तता हुन नपाए पनि निरन्तरता भएको छ ।’
कृषिमा छोएन महामारीले
मानिसले आफ्नो परिश्रमबाट वालिजन्य र पशुजन्य सामाग्री उत्पादन गर्नु कृषि कर्म हो । भविष्यमा कृषि क्रान्ति नै गर्नुपर्छ भनेर अगाडि बढेका मानिसहरूलाई महामारीले एक अवसर पैदा ग¥यो । इटहरी ५ की जानुका तामाङ महामारी सुरु भए पनि यसको असर आफूलाई नभएको बत्ताउँछिन् । अर्थात् महामारी नियन्त्रण गर्न सुरुवातीमा सरकारले जारी गरेको लकडाउनले कुनै असर नगरेको बताइन् ।
उनी पहिले जस्तो व्यस्ततामा हुन्थिन् । यो बेला पनि उनलाई फुर्सद भएन । धेरै मानिसहरूको रोजगारी गुम्नु तथा बन्दाबन्दीका कारण भएको दिक्दारीपन उनलाई भएन । उनले आफूले सञ्चालन गरेको कृषि फर्मबाट उत्पादित सामाग्रीहरू स्थानीयकामा आफै डेलिभरी सम्म गरिन् । उनले भनिन् ‘मैले कुखुरा फर्म खोलेको छु । दुई चार दिन त अनौठो नै भयो तर केही समयपछि अभ्यस्त त भइयो नै अरूको जस्तो दिक्दारीपन फुर्सदिलो चैँ म हुन पाइन ।’
अस्पतालका लागि दबाब र पलाएको आसा
इटहरीमा आम नागरिकलाई जगजायर कुरा के हो भने, सुविधा सम्पन्न अस्पतालको व्यवस्था अझै भएको छैन । २०५८ सालको जनगणना अनुसार १ लाख ४१ हजार ५ सय १७ जनसंख्या रहेको उपमहानगरपालिकामा कोही मानिस बिरामी भयो भने, कि विराटनगर या त धरान जानुपर्ने यो पक्ष दुर्भाग्य हो । इटहरीवासीका लागि ! अर्कोतर्फ यहाँका नागरिकले इटहरीमा अस्पतालको आवस्यक्ता औंलाउदै दबाब समेत दिन सुरु गरेका छन् । यहाँका नागरिक अगुवाका साथै स्थानीयले कोरोनाको महामारी सँगसँगै इटहरीमा अस्पतालको यथासक्य अस्पतालको खाँचो रहेको बताउँछन् ।
इटहरीमा अगुवाहरूले #govthospitalforitahari’ भन्दै सामाजिक सञ्जालबाटै दबाब सृजना गरे । ‘इटहरीमा स्वास्थ्य क्षेत्र धेरै कमजोर छ । यो जगजाहेर कुरा हो । साथीहरूले अभियान जस्तो पनि सञ्चालन गर्नुभयो । अर्कोतर्फ महामारीले एउटा अवसर पनि दियो । महामारी नभए पनि यो आवस्यकताकै कुरा हो । यस पटक प्रदेशको नीति तथा कार्यक्रम साथमा बजेटमा अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ । त्यसको लागि यहाँका जनप्रतिनिधि, अगुवा म आफैले प्रदेश सरकारसँग कुरा राख्यौँ’ प्रदेश सभा सदस्य निलम बस्नेतले भने ।
पर्यटनमा चौपट बनायो
होटेल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली लकडाउन सुरु भएपछि समस्यामा रहेका होटेलका मजदुरहरूलाई खाद्यान्न उपलब्ध गराउन घर घर पुगे । लकडाउनका कारण समस्यामा परेका होटेलका मजदुरलाई व्यवसायीको छाता संगठन भएको नाताले घरघरमा सामान खाद्यान्न पु¥याए । ४ महिना लामो लकडाउनमा सबैभन्दा धेरै समस्यामा परेको होटेल तथा पर्यटन क्षेत्र अहिले पनि सरकारले खोल्ने निर्णय गरे पनि खोल्नु न नखोल्नुमा केही अर्थ नभएको व्यवसायीहरू बताउँछन् ।
लामो समय लकडाउनमा सरकारलाई सघाएको बताउँदै पराजुलीले आवश्यक नीति अनुसार पर्यटन क्षेत्रको बिजोक पनि हेर्नुपर्ने बताए । उनले भने, ‘आवश्यक सबै स्वास्थ्य सुरक्षाका सामाग्रीहरू सबै होटेलले पालना गरेका छन् । पीसीआर परीक्षण दायरा नबढाएर सरकार आफ्नो दायित्व पुरा चैँ नगर्ने अनि हामीलाई बन्द गर भन्ने, हामीले धेरै सघाएका छौँ । अब सामान्यीकरण तर्फ जानुपर्छ । अर्को तर्फ हामी सुरक्षित हुन पनि जरुर छ । महामारीसँगै जुध्नुप¥यो ।’
२८ जनामा सङ्क्रमण
जेठ ६ गते यो स्थानीय तहमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या यो सामाग्री तयार गर्दै गर्दा २८ जना पुगेको छ । ती मध्ये १४ निको भएर घर फर्किएका छन् । उपमहानगरका प्रेस संयोजक लीलाराज भट्टराईका अनुसार इटहरीमा अहिले ६ जना होम आइसोलेसनमा छन् । उनका अनुसार उपमहानगरमा कोरोना पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तीव्रता दिइएको छ । संक्रमितका सम्पर्कमा आएका व्यक्तिहरू, उपमहानगरका जनप्रतिनिधि र कर्मचारीहरू तथा प्रत्येक वडाबाट तत्काललाई दश दश जनाको गरेर स्वाब संकलन गरिँदै छ । परीक्षणको दायरालाई अझ बढाइने इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बताए ।
होम आइसोलेसनमा यसरी दिइँदै सेवा
इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरूलाई भिडियो कल मार्फत सेवा दिन थालेको छ । अस्पतालहरूमा बेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको हो । होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानी र ध्यान दिनुपर्ने कुराहरू बताइसकिएको छ । इटहरीमा अहिले ६ जना होम आइसोलेसनमा छन् । संक्रमण पुष्टि भइसकेपछि पनि कुनै लक्षण नदेखिएकाहरुलाई इटहरीमा आवश्यक मापदण्ड पूरा गरेर घरमै बस्न मिल्ने व्यवस्था गरिएको छ । जसका लागि स्वास्थ्यकर्मीको टिम तयार रहेको संयोजक भट्टराईले जानकारी दिए ।
उपमहानगरले यस अघि महामारीका बेला विपन्नलाई राहत वितरण, जनता बहुमुखी क्याम्पसमा क्वारेनटाइन निमार्ण, विभिन्न जिल्लामा अलपत्र नागरिकलाई नगरमा ल्याउने सम्मका कार्य गरेको छ । अर्को तर्फ उपमहानगरले इटहरी अस्पताललाई स्तरोन्नति, स्वास्थ्यकर्मीका लागि भत्ता बितरणको योजना लगायतका कार्य गरेको छ । संगसंगै उपमहानगरपालिकाले लकडाउनका कारण प्रभावित भएका गर्भवती महिलाको उद्धार लगायतका कार्य पनि गरेको छ ।
समुदायमा सङ्क्रमण, पुनः लकडाउन
सरकारले आधिकारिक रूपमा समुदायमा सङ्क्रमण देखिएको भनेर प्रमाणित नै नगरे पनि । बाहिरी मुलुकबाट नआएका अर्थात् कुनै ट्राभल हिस्ट्री नभएका व्यक्ति, तिनका घर परिवार लाई बेहक समुदायमा देखिनु भनेको समुदायमा सङ्क्रमण फैलनु हो । यहाँ त कार्यालयका कर्मचारी, सवारी चालक लगायतमा पनि सङ्क्रमण देखिएको छ । अर्कोतर्फ विज्ञहरूले सङ्क्रमण समुदायमा फैलिएको बताएका छन् ।
प्रदेश १ सरकारले लकडाउनको अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले अवस्था हेरेर लकडाउन लगायत सङ्क्रमण नियन्त्रणका लागि आवश्यक कदम चाल्ने छन् । यसै क्रममा हाल इटहरी उपमहानगरपालिकाले पनि सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर पाँच दिनलाई पुनः लकडाउन गरेको छ । जहाँ नगरपालिकाले कुनै पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन भनेको छ ।
(इटहरी उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासङ्घ सुनसरीले आयोजना गरेको लेखनबृद्धि)
प्रकाशित मिति २०७७–०४–२५