सुन्दरहरैंचाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका समाग्री वितरण

सुन्दरहरैंचा । सुन्दरहरैंचा सञ्चार समाजका क्रियाशील संचारकर्मीहरुलाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६(क) का क्षेत्रिय सभापति देवराज तामाङ्ले स्वास्थ्य सुरक्षाका समाग्रीहरु वितरण गरेका छन् । आज संचारकर्मीरुलाई चाहीने आवस्यक सामाग्री लगायतका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीको बाबजुत जसरी डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी फ्रन्टलाइमा रहेर स्वास्थ्य सुरक्षा प्रदान गर्छन, त्यसरी नै पत्रकारहरुले फ्रन्ट लाइनमा बसेर आम नागरिकलाई सुचना सम्प्रेषण गरि सु–सुचित गर्ने, विभिन्न ठाउँहरुमा रिर्पोटिङ् गर्न जानुपर्ने बाध्यतालाई मध्यनजर गदै आफ्नो स्वार्थ भन्दा माथि उठेर स्वास्थ्य सामग्री वितरण गरेको बताए ।

साथै फ्रन्टलाइनमा बसेर काम गर्ने क्रममा संचारकर्मी संक्रमित भएमा उपचारको लागि प्रतिब्यक्ति ५० हजार सम्मको आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.