बेलबारी । मोरङको बेलबारी नगरपालिकाले असाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि १ सय १ वटा घर बनाइदिएको छ । कमजोर आर्थिक अवस्था भएका नगरभित्र बस्ने नागरिकहरुका लागि नगरपालिकाले पूर्ण रुपमा निःशुल्क घर तयार गरिदिएको हो ।बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरिएको हो ।
नगर भित्रका४ वटा वडाहरु वडा नं. ३, ४,१० र ११ मा घरहरु निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नगर प्रुमख सुवेदीका अनुसार वडा नं. ३ मा ४०, वडा नं. ४ मा २०, वडा नं. ११ मा ४० र वडा नंं १० मा १ गरि जम्मा १ सय १ वटा घरहरु निर्माण भएका हुन् । नगरपालिकाले चिटिक्क परेका घरहरु निःशुल्क निर्माण गरिदिएपछि लाभग्राहीहरु हर्षित भएका छन् ।
पहिला बासका भटा टाटी प्रयोग गरेर बनाएको घरमा बस्ने गरेकी थिए ४ कि सिता राइले भनिन् अहिले चिटिक्क परेको घरमा बस्न पाएको छु । उनि १५ दिन देखी ननगरपालिकाले बनाइ दिएको घरमा बसेकि हुन् । प्रत्येक घरमा बरण्डा र तीन वटा कोठा र गाढा निलो रङको टिनको छानो लगाइएको छ । हामीले यति राम्रो घर बस्न पाउछौ जस्तो लागेको थिएन, अहिले भने हाम्रो देशमा सरकार छ भन्ने लाग्यो । बेलबारी ४ कै असित राईले भने, ‘नगरपालिकाले हाम्रा लागि ठुलो सहयोग गर्यो ।’
प्रतिघर नगरपालिकाको १ लाख ५० हजार तथा सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरि जम्मा २ लाख ५० हजार रुपैयाँ घर बनाईदिइको नगर प्रमुख सुवेदीले बताए ।