इटहरी । इटहरीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार ८ जनाको रिपोर्ट पोजेटिभ आएसँगै इटहरीमा कोरोना संक्रमितको संख्या २ सय ३२ पुगेको हो ।
संक्रमित हुनेहरुमा इटहरी १२ का ४१ वर्षीय पुरुष, इ.प्र.का. इटहरीका २९ वर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकलीका २७ वर्ष देखि ३६ वर्षीय उमेर समुहका पुरुष रहेको इटहरी अस्पतालले जनाएको छ ।
उनिहरुको भदौ १५ गते स्वाब संकलन गरिएको थियो ।