रथ यात्रालाई निरन्तरता दिन काँग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले रातो मछिन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सुरक्षा सतर्कता अपनाइ रथ यात्रालाई निरन्तरता दिन कांग्रेसले अपिल गरेको हो ।

कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ “रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।”

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबीच भएको झडपको घटनाप्रति कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ ।

परम्परागत जात्रा सन्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित पक्षबीच समन्वय नहुँदा दुःखद परिस्थिति सिर्जना भएको कांग्रेसले ठहर गरेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here