रामधुनी । काेभिड १९ को आशंकामा गत सोमबार पिसिआर परीक्षण गरिएका रामधुनीका सबै ११ जना पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिती सदस्य सुनिल चैधरीका अनुसार गत सोमबार क्षेत्रीय कृषि तालिम केन्द्र झुम्का पुगेर थ्रोट स्वाबको नमुना दिएका सबै पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
पछिल्लो समय पत्रकार पनि संक्रमण भेटिएपछि नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयनमा पिसिआर परिक्षण गरिएको चौधरीले बताए ।
पिसिआर रिपोर्ट नेगेटिभ आएका पत्रकारहरु
सुनिल चौधरी– रामधुनी खबर साप्ताहिक,
धिरेन्द्र चौधर, फोनिज जिल्ला अध्यक्ष
निशान चौधरी–झुम्का एफ एम
नबिन चौधरी–रेडियो रामधुनी
सुमन भट्टराई–फलैचान्यूज डटकम
भुपेन्द्र कुमार शाह–झुम्का एफ एम
जितेन्द्र शाह–रेडियो रामधुनी
सरस्वती चौधरी–रामधुनी खबर साप्ताहिक
विजय राई– फलैचान्यूज डटकम
खेमराज सापकोटा–फलैचान्यूज डटकम
आर बी कट्वाल–खबरबिट डटकम