रामधुनी । सुनसरीको हरिनगर गाँउपालिका २ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट बिना इजाजतको औषधि सहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा हरिनगर १ का ३७ बर्षीय अख्तर मिया, २२ बर्षीय एहरमान अंसारी र ३२ बर्षीय मुख्तर आलम रहेका छन ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साथै पक्राउ परेकाहरुको साथबाट बिना इजाजतको औषधि ‘निमोस–पी’ २९८० ट्याब्लेट, ‘भिवेल’ ९८० क्याप्सुल, ‘जेनेग्रा रेड’ ८०० ट्याब्लेट, ‘निट्राभेट’ ६० ट्याब्लेट, ‘स्पास्मोप्रोक्सिभन’ ८ ट्याब्लेट, ‘लावोट श्रीन्ज इन्जेक्सन’ ४३ थान, ‘पुरुष जिवन क्याप्सुल’ १२०, ‘र्डेमीकेम ओसी’ १९५ थान मलम बरामद भएको छ ।
यसैगरी ‘केस्ट्रोल ट्याब्लेट’ १२,०००, ‘प्यान्तोप्राजोल ग्यास्ट्रो रेजिस्टेन’ ७९० क्याप्सुल, ‘एस्र्लोलाम एसपी’ ४०० ट्याब्लेट, ‘पी ४०–डी’ ट्याब्लेट र ‘केटि ५ डेरमाक्रीम’ ८४ वटा मलम बरामद गरिएको छ ।
पक्राउ परेका तिनै जना मानिस र बरामद गरिएको बिना इजाजतको औषधि आवश्यक कारवाहिको लागी औषधी बिभागको कार्यालय बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।