सुनसरीमा भोलीदेखि निस्चित समय बजार खुल्दै

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले विहान निस्चित समय बजार खोल्ने निर्णय गरेको छ ।

कार्यालयका अनुसार विहीबार(भोली)देखि बिहान १० बजेसम्म बजार खुल्ने भएको हो । हाट बजार, भेला, कार्यक्रममा भने अझैपनि प्रतिबन्ध लगाइएको छ । तर रिक्सा चल्ने भएको छ ।

प्रशासनले सबैलाई मास्क अनिवार्य लगाउन र स्यानेटाइजरको प्रयोग गर्न भनेको छ । यस्तै पसल तथा रिक्सालाई दैनिक डिस्इन्फेक्सन गर्न भनिएको छ भने कारोबार गर्दा पनि सावधानी अपनाउन विज्ञप्तीमार्फत् आग्रह गरेको छ ।Image may contain: text

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here